बहुविवाहसम्बन्धी कानुनी मस्यौदाप्रति नेपाल समाजवादी महिला संघ (नयाँ शक्ति) को आपत्ति

हिमाल प्रेस १८ साउन २०८२ १७:०४
54
SHARES
बहुविवाहसम्बन्धी कानुनी मस्यौदाप्रति नेपाल समाजवादी महिला संघ (नयाँ शक्ति) को आपत्ति

काठमाडौँ- नेपाल समाजवादी महिला संघ (नयाँ शक्ति) ले ‘बहुविवाह गर्न पाउने कानुन’ सरकारले ल्याउन लागेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ। संघले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषयमा आपत्ति जनाएको हो।

नेपाल समाजवादी महिला संघ (नयाँ शक्ति) को केन्द्रीय समितिले सार्वजनिक गरेको विज्ञप्तिमा सरकारलाई मौलिक हक र महिला अधिकार सुनिश्चित गर्न सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ।

महिला संघले बहुविवाहलाई कडा सजायसहितको फौजदारी अपराधको रूपमा व्याख्या गर्दै यसलाई प्रश्रय दिने खालको कानुनी मस्यौदा संविधान, प्रचलित कानुन र नेपालले प्रतिबद्धता जनाएका अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताएको छ।

‘यदि सञ्चारमाध्यममा उल्लेख भएअनुसार मौलिक हकअधिकार हनन हुने गरी र महिलालाई थप प्रताडित गर्ने गरी कानुनी मस्यौदा तयार गरिएको हो भने त्यसको सत्यतथ्य जनसमक्ष ल्याउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

संघले बहुविवाहविरुद्ध भइरहेको विभिन्न अधिकारकर्मीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। ‘राज्यले यस विषयलाई गम्भीरतापूर्वक लिएर यथाशीघ्र सम्बोधन गर्नुपर्छ,’ विज्ञप्तिमा थप भनिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast