विद्यालय भौतिक पूर्वाधार मापदण्ड जारी

हिमाल प्रेस १८ साउन २०८२ १५:३९
330
SHARES
विद्यालय भौतिक पूर्वाधार मापदण्ड जारी

भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले ‘विद्यालय भौतिक पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड, २०८० ’ जारी गरेको छ।

सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा आवश्यक भौतिक संरचनाको निर्माण, संरक्षण, मर्मत सम्भार तथा समुचित उपयोगका लागि उक्त मापदण्ड ल्याइएको केन्द्रले जनाएको छ।

विद्यालयहरूको पूर्वाधार विकासमा एकरूपता कायम गर्दै शिक्षण–शिकाइमैत्री वातावरण सृजना गर्ने उद्देश्यसहित यो मापदण्ड कार्यान्वयनमा ल्याइएको हो।

शिक्षा मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरी यो मापदण्ड स्वीकृत गरेको हो।

प्रस्तावनामा उल्लेख गरिएको छ, ‘विद्यालयहरूमा निर्माण गर्नुपर्ने भौतिक संरचनाको पहिचान गरी त्यसको विकास तथा व्यवस्थापनमा स्पष्ट दिशा र मानक तय गर्न जरुरी भएकोले राष्ट्रिय मापदण्ड तयार गरिएको हो।’ यसले विद्यालयहरूको भौतिक पूर्वाधार योजनाबद्ध तरिकाले निर्माण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

उक्त मापदण्डले विद्यालय भवन, शौचालय, खानेपानी, कक्षा कोठा, पर्खाल, खेलमैदान लगायतका संरचनाहरूको डिजाइन, गुणस्तर र न्यूनतम आवश्यकताको बारेमा विस्तृत प्रावधान समेटेको छ।

केन्द्रका अनुसार अबको विद्यालय निर्माण, मर्मत तथा विकास कार्य यिनै मापदण्डको आधारमा अगाडि बढाइनेछ। शिक्षा मन्त्रालयले सम्बन्धित सबै निकायलाई मापदण्ड पालना गर्न आग्रह गरेको छ।

मापदण्ड

प्रकाशित: १८ साउन २०८२ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast