शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाटै पारित हुने सम्भावना कति?

हिमाल प्रेस १८ साउन २०८२ ११:२५
1.9k
SHARES
शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाटै पारित हुने सम्भावना कति?

काठमाडौँ- विद्यालय शिक्षा विधेयक अन्योलमा परेको भन्दै प्रतिनिधिसभाको शिक्षा, स्वासथ्य तथा सूचना प्रविधि समितिले संसद्को चालु अधिवेशनमै विधेयक पारित नहुने बताइरहँदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भने विधेयक सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन्।

‘सबै कुरा सकारात्मक छन्, सत्तापक्षका दलहरूबीच छलफल भइरहेको छ,’मन्त्री पन्तले भने,‘अब केही दिनमा निष्कर्षमा पुगिन्छ, त्यस्तो ठूलो विवाद भन्ने होइन।’ तर, उनले विधेयक कहिले संसद्‌मा पेस हुने वा पारित हुने भन्नेबारेमा ठोस समयसीमा भने उल्लेख गरेनन्।

सामुदायिक विद्यालयका शिक्षकको आवधिक बढुवासम्बन्धी विवादले गर्दा विधेयक रोकिएको बताइन्छ। सो विषयमा प्रमुख सत्तारूढ दल कांग्रेस र एमालेबीच सहमति नजुट्दा विधेयक अघि बढ्न सकेको छैन।

शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्रीलाई सहमति जुटाउन पाँच दिनको समय दिएका थिए। तर, सो अवधि नाघिसक्दासमेत मन्त्री पन्तले संवाद सुरु गर्न नसकेको भन्दै थापाले आलोचना गरेका छन्।

सभापति थापाका अनुसार शिक्षक महासंघ, कांग्रेस र शिक्षामन्त्री तीनै पक्षको अडानले विधेयक रोकिन पुगेको हो। यद्यपि हाल आवधिक बढुवा कार्यसम्पादन र क्षमताका आधारमा हुने गरी सहमति भइसकेको उनको भनाइ छ।

यद्यपि समितिले विधेयक यो बर्खे अधिवेशनमा पास हुने सम्भावना न्यून रहेको बताएको छ। राष्ट्रिय सभासम्मको प्रक्रियामा समेत समय लाग्ने भएकाले ऐन अब हिउँदे अधिवेशनसम्म लम्बिने संकेत देखिएको छ।

कांग्रेस प्रमुख सचेतक भन्छन्- साउन ३० गतेभित्र शिक्षा विधेयक संसद्‌मा पेस हुन्छ

संसद्‌मा पेस गर्न शिक्षा विधेयकको प्रतिवेदन तयार गरिँदै

प्रकाशित: १८ साउन २०८२ ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast