थानेश्वर र शान्तिश्रीकाे स्वरमा ‘मोहर’ को गीत ‘सपना हो की विपना’

हिमाल प्रेस १८ साउन २०८२ ११:११
14
SHARES
थानेश्वर र शान्तिश्रीकाे स्वरमा ‘मोहर’ को गीत ‘सपना हो की विपना’

काठमाडौँ- फिल्म ‘मोहर’ को गीत ‘सपना हो की विपना’ सार्वजनिक भएको छ। गीत थानेश्वर गौतम र शान्तिश्री परियार ले गाएका छन्। प्रभा बर्तौलाको शब्द रहेको गीतमा गायक गौतमले नै संगीत भरेका छन्। गीतले विछाेडकाे भाव बाेलेकाे छ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्म यही साउन २३ देखि प्रदर्शन हुनेछ। फिल्मका निर्माता चुम्बन जंग शाही हुन्।

फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल-कलाकारमा सारा शर्माको अभिनय छ।

फिल्म मेकर्स को बयानरमा निर्माण भएको फिल्म दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको संगीत, समीर मियाको भीएफएक्स कुमार महर्जनको एक्सन निर्देशन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफीमा बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast