जेठको आन्दोलन तयारी नपुग्दा अघि बढेन, अब वर्षापछि फेरि सुरु हुन्छ : कमल थापा

हिमाल प्रेस १८ साउन २०८२ १०:४३
32
SHARES
जेठको आन्दोलन तयारी नपुग्दा अघि बढेन, अब वर्षापछि फेरि सुरु हुन्छ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम व्यवस्था र प्रणालीसँग जनता असन्तुष्ट रहेको बताएका छन्। उनले व्यवस्था परिवर्तनका लागि वर्षाको सिजनपछि आन्दोलन हुने बताएका हुन्।

काठमाडौँ ७ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै थापाले लोकतन्त्रमा जनता नै सर्वैसर्वा हुने हुँदा जनताको परिवर्तनको चाहनालाई कुनै शक्तिले रोक्न नसक्ने स्पष्ट पारे।

गत जेठमा भएको आन्दोलनमा तयारी, गृहकार्य, समन्वय र रणनीतिमा केही अभाव भएको कारण टुंगोमा नपुगेको भन्दै थापाले अब पूर्ण तयारीका साथ आन्दोलनको आवश्यकतामा जोड दिए।

प्रकाशित: १८ साउन २०८२ १०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast