नर्वे एनआरएन अध्यक्षमा श्रद्धासिंह थापा निर्वाचित

हिमाल प्रेस १८ साउन २०८२ १०:३४
10
SHARES
नर्वे एनआरएन अध्यक्षमा श्रद्धासिंह थापा निर्वाचित

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको महाधिवेशनले श्रद्धासिंह थापालाई अध्यक्षमा निर्वाचित गरेको छ। नर्वेको राजधानी ओस्लोमा सम्पन्न महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

महाधिवेशनबाट देवभक्त श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा सम्झना वाग्ले (घिमिरे)ले जितिन्। महासचिवमा पशुपतिप्रसाद भण्डारी, कोषाध्यक्षमा सागर घिसिङ, सहकोषाध्यक्षमा रीता परियार चयन भएका छन्।

त्यसैगरी, केन्द्रीय परिषद् सदस्यमा ईश्वरीप्रसाद खनाल, युवा संयोजकमा प्रदीप शर्मा र सदस्यहरूमा चन्दा शाह, अर्जुन पाण्डे, मनिषा अधिकारी, मनिता मिश्र र रूपेश श्रेष्ठ निर्वाचित भएका छन्।

महाधिवेशनलाई सम्बोधन गर्दै महिला उपाध्यक्ष वाग्लेले संस्थासँग सहकार्य गर्दै प्रवासी नेपालीहरूको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाइन्।

अध्यक्ष थापाले जिम्मेवारीलाई अवसर र चुनौती दुवैका रूपमा लिँदै समावेशी नेतृत्व र प्रभावकारी काम गर्ने दृढता व्यक्त गरिन्। उपाध्यक्ष श्रेष्ठले नर्वेमा रहेका नेपालीहरूको समस्या समाधानमा संघले सक्रिय भूमिका खेल्ने बताए।

महाधिवेशनमा एनआरएनए पदाधिकारी, समाजसेवी तथा नर्वेमा विभिन्न पेसा व्यवसायमा संलग्न नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नर्वेमा लाखौं नेपालीको बसोबास रहेको र उनीहरूको हकहित, समन्वय तथा सेवामा एनआरएनए सक्रिय रहेको जनाइएको छ।

प्रकाशित: १८ साउन २०८२ १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast