
काठमाडौँ- चितवन राइनोजको मुख्य प्रशिक्षकमा कलाम अलि नियुक्त भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि चितवनले अलिलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो।
पहिलो सिजनमा अलि चितवनको सहायक प्रशिक्षक थिए। मुख्य प्रशिक्षकको जिम्मेवारीमा उमेश पटवाल थिए । अलिसँग नेपाल ‘ए’ टीम र बागमती प्रदेशको प्रशिक्षण गराएको अनुभव छ। चितवनको मार्कीमा कुशल मल्ल छन्।
प्रकाशित: १८ साउन २०८२ ९:२७
प्रतिक्रिया