
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दैछ। साउन १६ गतेदेखि सुरू भएको स्थायी समिति बैठक आज बिहान ११ः ०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको ह ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ।
शनिबारको बैठकमा १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए।
आज पदाधिकारीले धारणा राखेपछि प्रचण्डले जबाफ दिने तयारी छ। एमाले उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार बैठक आजै सक्ने नभए भोलिसम्म लाग्ने तयारी छ। उनका अनुसार एक व्यक्तिलाई धारणा राख्न १० मिनेट दिइएको छ। आज जनार्दन शर्मासहितका नताले धारणा राख्नेछन्।