प्रकाश सपूतको ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक

हिमाल प्रेस १७ साउन २०८२ २०:४२
20
SHARES
प्रकाश सपूतको ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक

पोखरा– तीज पर्व नजिकिँदा गायक तथा कलाकार प्रकाश सपूत यस वर्ष पनि मर्मस्पर्शी गीत लिएर स्रोतादर्शकमाझ आएका छन्।

उनले छोरीचेलीहरुको कथाव्यथा बोकेको ‘नाइँ भनेसी नाइँ’ बोलको गीत सार्वजनिक गरेका हुन्।

आफ्नै शब्द तथा संगीतको गीतलाई अहिलेका लोकप्रिय गायिका समीक्षा अधिकारी र एलिना चौहानले स्वर भरेका छन्।

‘प्रकाश सपूत’ युट्युब च्यानलबाट सार्वजनिक गीतमा बलात्कारविरुद्ध महिला सशक्तीकरणको आवाज बोल्छ।

अभिनेत्री रेखा थापाको मुख्य भूमिका रहेको भिडियोमा प्रकाशसहित सिम्रन खड्का, संजोग बराइलीलगायतको अभिनय छ।

कम्पनीको ‘सक्सेस पार्टी’ अवसरमा खिचिएको भिडियोको सुरुआतमै एक युवतीलाई बलात्कार प्रयास देखाइएको छ। भिडियोको निर्देशन उनै प्रकाशको हो।

स्टेज शोमा गायनका क्रममा गायिका समीक्षा अधिकारी र एलिना चौहान पनि फिचर्ड छन्। दुबै गायिकाको स्वरमा गीतको मेलोडी निकै मर्मस्पर्शी छ–‘सुन दाजुभाइ, नाइँ भनेसी नाइँ ।।।।’

प्रकाशित: १७ साउन २०८२ २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast