केन्द्रीय सदस्य सीता बस्यालले साधारण सदस्य समेत नरहनेगरी दिइन् राप्रपाबाट राजीनामा

हिमाल प्रेस १७ साउन २०८२ ७:४८
14
SHARES
केन्द्रीय सदस्य सीता बस्यालले साधारण सदस्य समेत नरहनेगरी दिइन् राप्रपाबाट राजीनामा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य सीता बस्यालले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेकी छन्। उनले शुक्रवार एक सार्वजनिक विज्ञप्तिमार्फत आफ्नो राजीनामाबारे जानकारी दिएकी हुन्।

बस्यालले पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्य दुवै पदबाट राजीनामा दिएको उल्लेख गर्दै आफूले अबदेखि पार्टीको औपचारिक जिम्मेवारीमा नरहने स्पष्ट पारेकी छन्।

विज्ञप्तिमा उनले पार्टीमा रहँदा प्राप्त साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पार्टीलाई सफलता र प्रगतिको शुभकामना पनि व्यक्त गरेकी छन्।

Oplus_131072

प्रकाशित: १७ साउन २०८२ ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast