खडेरी भोगिरहेको धनुषामा भारी वर्षा

हिमाल प्रेस १७ साउन २०८२ ७:२५
46
SHARES
खडेरी भोगिरहेको धनुषामा भारी वर्षा फाइल तस्बिर

काठमाडौँ- गएरातिबाट मधेशका विभिन्न स्थानमा वर्षा जारी छ। लामो समय खडेरी भोगेको मधेशमा वर्षाले खेतीबालीमा राहत मिलेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार धनुषा जिल्लाका दुई स्थानमा पछिल्लो २४ घण्टामा भारी वर्षा मापन भएको हो।

महाशाखाले २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै वर्षा भए त्यसलाई भारी वर्षा भन्ने गरेको छ। महाशाखाका अनुसार यस अवधिमा सबैभन्दा धेरै वर्षा धनुषाको तुलसीमा मापन भएको छ। त्यहाँ ६३.८ मिलिमिटर वर्षा भएको हो।

त्यसैगरि धनुषाकै हर्दिनाथमा ५१, रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर वर्षा भएको छ। मधेस प्रदेशका सर्लाही, महोत्तरी लगायतका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

प्रकाशित: १७ साउन २०८२ ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast