
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
हिजो अहिले सम्मकै सबै भन्दा महँगो बनेको अमेरिकी डलर पनि आज थोरै घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा छ।
हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा थियो।आज युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा छ।
आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा छ। आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा छ।
कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ४९ पैसा छ। आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३३ पैसा छ।