
काठमाडौँ- आज रातिदेखि नै काठमाडौँमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ दिनभर वर्षा जारी रहनेछ।
आज दिउँसो देशभर साधारणतया बदलीगण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडका धेरै स्थान तथा तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पनि सम्भावना छ।
आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षा पनि सम्भावना छ।
प्रकाशित: १७ साउन २०८२ ६:२९
प्रतिक्रिया