अल्पज्ञानीको ‘उज्यालो पर्खिरहेको मानिस’

हिमाल प्रेस १६ साउन २०८२ २०:००
20
SHARES
अल्पज्ञानीको ‘उज्यालो पर्खिरहेको मानिस’

काठमाडौँ- कवि अल्पज्ञानीको कवितासङ्ग्रह ‘उज्यालो पर्खिरहेको मानिस’ आज (शुक्रबार) एक विशेष साहित्यिक समारोहकाबीच लोकार्पण गरिएको छ। कार्यक्रम काठमाडौँस्थित मोडल कलेजको सभाहलमा आयोजना गरिएको थियो।

पुस्तकमा नेपाली कवितामा नवीन सोच, गहिरो अनुभूति र वर्तमान समयका विविध सन्दर्भ उजागर गर्ने प्रयास गरिएको विश्लेषककरूको दाबी छ।

वरिष्ठ साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सामालोचक तथा कथाकार डा.अशोक थापा तथा समालोचक डा. गीता त्रिपाठीले कृतिबारे समीक्षात्मक मन्तव्य राखेका थिए। उनीहरूले कवि अल्पज्ञानीको कवितामा जीवन, समय र समाजप्रतिको संवेदनशील दृष्टिकोण प्रकट भएको उल्लेख गर्दै कृतिलाई समसामयिक नेपाली साहित्यको मूल्यवान सामग्रीको रूपमा व्याख्या गरे।

साहित्यकार लम्सालले अल्पज्ञानीका कवितामा रहस्य र प्रश्नहरूको प्रबलता रहेको बताए। अन्य वक्ताहरूले कविताले समाजको उज्यालो पर्खिरहेको आम मानिसको आवाजलाई उजागर गरेको उल्लेख गरे।

कवि अल्पज्ञानीले आफ्नो रचनात्मक यात्रा र सङ्ग्रह लेख्दाका अनुभूतिहरू सुनाए। कार्यक्रम अग्रज साहित्यकार भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो।

पेज टर्नरले प्रकाशन गरेको कृतिको बजार मूल्य ३ सय ५० रुपैयाँ तोकिएको छ।

प्रकाशित: १६ साउन २०८२ २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast