इजरायलविरूद्ध गलत सूचना फैलाइयो : इजरायली दूतावास

हिमाल प्रेस १६ साउन २०८२ १९:५९
26
SHARES
इजरायलविरूद्ध गलत सूचना फैलाइयो : इजरायली दूतावास

काठमाडौँ- इजरायलले गजाको मानवीय अवस्थाबारे गलत विवरण, बनावटी तस्बिर तथा एआई प्रविधिबाट सिर्जना गरिएका सामग्रीहरूमार्फत इजरायलविरूद्ध झुटा प्रचार अभियान चलाइएको आरोप लगाएको छ।

नेपालस्थित इजरायली दूतावासले यो कार्य हमासको सुनियोजित रणनीति भएको दाबी गर्दै यस्तो आरोप लगाएको हो।

सन् २०१४ मा यजिदी समुदायकी एक बालिकाको तस्बिरलाई २०२५ मा गजामा खाद्य संकटमा भीख मागिरहेकी बालिकाको रूपमा प्रयोग गर्दै भ्रम फैलाइएको दूतावासले विज्ञप्ति निकालेर जनाएको छ। यसका साथै सेरेब्रल पाल्सी र सिस्टिक फायब्रोसिसजस्ता रोगबाट पीडित बालबालिकाको तस्बिरहरूलाई पनि गजाको अवस्था भन्दै भ्रामक समाचारहरूमा प्रयोग गरिएको दूतावासले जनाएको छ।

‘यस्ता कार्यहरूले पत्रकारिताको नैतिकताको उल्लंघन गर्नुका साथै सत्यतथ्य तोडमोड गरी आतंकवादी संगठनलाई फाइदा पुर्‍याउने खालका छन्,’ दूतावासले भनेको छ। साथै इजरायलको छवि बिगार्ने प्रयासमा केही पश्चिमी सञ्चारमाध्यसमेत प्रयोग भएको दूतावासले आरोप लगाएको छ।

इजरायलले गजामा सयौँ मानवीय सहायता ट्रकहरू प्रवेश गराएर खाद्यान्न, औषधि, पानी र अन्य आवश्यक सामग्री संयुक्त राष्ट्रसंघमार्फत वितरण गर्न खोजेको भए पनि युएनले त्यसको प्रभावकारी व्यवस्थापन गर्न नसकेको विज्ञप्तिमा दाबी गरिएको छ।

दूतावासले हमासले आमनागरिकलाई मानव ढालको रूपमा प्रयोग गर्दै अस्पताल, विद्यालय र मस्जिदहरूलाई सैन्य केन्द्र बनाएको दाबीसमेत गरेको छ। साथै नेपालका केही सञ्चारमाध्यमहरू पनि यस्ता भ्रमपूर्ण सूचनाबाट प्रभावित भएको भन्दै सूचना प्रकाशनपूर्व तथ्य जाँच गर्न आग्रह गरिएको छ।

प्रकाशित: १६ साउन २०८२ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast