एम्समा आबद्ध भयो एभरेष्ट म्याराथन

हिमाल प्रेस १६ साउन २०८२ १९:४८
14
SHARES
एम्समा आबद्ध भयो एभरेष्ट म्याराथन

काठमाडौँ- तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को सदस्यता प्राप्त गरेको छ। एभरेष्ट म्याराथन विश्व रनिङको साझा संस्था एम्समा नेपालबाट आबद्ध हुने पाँचौं सदस्य बन्न सफल भएको छ।

यसअघि नेपालगन्ज म्याराथन, पोखरा इन्टरनेसनल म्याराथन, काठमाडौं म्याराथन र नेपालगन्ज १० नाइट रन एम्सको सदस्यता लिएका थिए।

एभरेष्ट म्याराथनले एम्सको सदस्यता लिएकोमा एम्स दूत टीएस ठकुरीले खुसी व्यक्त गरे। ‘नेपालमा एम्सको सदस्य संख्या वृद्धि हुनु नेपालमा रनिङ संस्कृति बढ्दै गएको संकेत हो,’ उनले भने, ‘नेपालको समथर तराईमा हुने धारा नेपालगन्ज म्याराथनदेखि संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा हुने एभरेष्ट म्याराथनसम्म विदेशीको चासो बढ्नेछ र यसले विदेशी पर्यटकको संख्या वृद्धि हुँदै जानेछ।’

एभरेष्ट म्याराथन हरेक मे महिनाको २९ तारिखमा आयोजना हुने गर्छ। संसारको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलोपटक सफल आरोहण गर्ने तेन्जिङ शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीको सम्झनामा यो म्याराथन आयोजना हुने गर्दछ।

प्रकाशित: १६ साउन २०८२ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast