सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते

हिमाल प्रेस १६ साउन २०८२ १७:४८
20
SHARES
सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते प्रतीकात्मक तस्बिर।

सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

शुक्रबार दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रुख टहरामा खसेको थियो।

घटनामा टहरामा ओत लागेका नौ वर्षीय सार्की थिङ र १६ वर्षीय शन्ता गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। उनका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै, १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र सात वर्षीय सुशील थिङ घाइते भएका छन्। तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ साउन २०८२ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast