
सिन्धुपाल्चोक– राष्ट्रिय फोटो पत्रकार समूह, नेपालअन्तर्गत सिन्धुपाल्चोक शाखाको पहिलो अध्यक्षमा विजय नेपाल निर्वाचित भएका छन्। शाखाको शुक्रबार चौतारामा सम्पन्न जिल्ला भेलाले नेपाललाई अध्यक्षमा निर्वाचित गरेको हो। उपाध्यक्ष्मा मानकाजी तामाङ, सचिवमा सागर खड्का, कोषाध्यक्षमा प्रेम लामा सुजन श्रेष्ठ सदस्य पदमा निर्वाचित भएका छन्।
देशभर क्रियाशील समूहको ४१ औं शाखाका रूपमा गठन भएको सिन्धुपाल्चोक शाखालाई नयाँ समितिले जिल्लामा फोटो पत्रकारितालाई अनुशासित, मर्यादित र हकहितको संरक्षणमा केन्द्रित गरिने प्रतिबद्धता जनाएको छ।
समूहका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ सागरको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक अध्यक्ष ध्रुव दंगालको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। भेलामा समूहका बागमती प्रदेश अध्यक्ष राजेन्द्र गजुरेललगायत अन्य अतिथि सहभागी थिए।