सहरमा आज : सरस्वती ज्ञवालीको संस्मरण लोकार्पणसहित ६ नाटक मञ्चन, ८ फिल्म प्रदर्शन 

हिमाल प्रेस १७ साउन २०८२ ७:०८
50
SHARES
सहरमा आज : सरस्वती ज्ञवालीको संस्मरण लोकार्पणसहित ६ नाटक मञ्चन, ८ फिल्म प्रदर्शन 

काठमाडौँ- आज साउनको तेस्रो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गर्दै आइरहेका छौँ।
जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता थिएटर नाट्यमय भएको छ। हलमा नेपाली फिल्म पनि चलेको छ। पुस्तक विमोचन कार्यक्रम पनि रहेको छ।

हेरौं, उपत्यकामा केके हुँदैछ?

सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिजः आमा र धरती’ लोकार्पण
आज काठमाडौँ मोडल कलेजको हलमा सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिजः आमा र धरती’ लोकार्पण हुँदैछ। पुस्तक आमाको संघर्षमा आधारित छ। कार्यक्रम दिउँसो १ः३० बजे सुरू हुनेछ। पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो।

साधना घरमा ‘दोरुम्बा’
सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेज एन्ड फिल्म स्टुडियोको साधना घरमा साउन १५ देखि नाटक ‘दोरुम्बा’ मञ्चन भइरहेको छ। नाटक माओवादी द्वन्द्वकालको घटनामा आधारित छ।
सुमनकुमार वाग्लेको लेखन रहेको नाटक सुदीप सिटौलाले निर्देशन गरेका हुन्। नाटकमा द्वन्द्वकालमा राज्य पक्ष र विद्रोही पक्षबाट पीडित जनताको कथा प्रस्तुत गरिएको छ। कलेजकै विद्यार्थीले अभिनय गरेको नाटक यही साउन २४ गतेसम्म मञ्चन हुनेछ। नाटकको आज शनिबार दुई सो छ, दिउँसो १: १५ र बेलुका ५: ३० बजे।

सर्वनाम थिएटरमा ‘जब फूलले आकार लिन्छ’
कालिकास्थानस्थित सर्वनाम थिएटरमा साउन १२ देखि नाटक ‘जब फूलले आकार लिन्छ’ मञ्चन भइरहेको छ। फूलको कथामा आधारित नाटकले एक चित्रकार र रानीफूलको कथा भनेको छ।
नाटक थिएटरका २१ औँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुति, लेखन र निर्देशनमा बनेको हो। नाटकमा दुई पात्रको भोगाइ चित्रण गरिएको छ। एक प्रकृतिसँग रमाउन चाहने रानीफूल र अर्को चित्रकारको सिर्जनामा केन्द्रित छ। नाटकमा गायत्री जोशी, सुमीक्षा न्यौपाने, इस्मिता भुसाल, अञ्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाईं, मनोज बोहरा, पवन थापालगायत कलाकारको अभिनय छ। नाटक आइतबारसम्म मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजे र बेलुका ५ :१५ बजेको दुई सो छ।

मण्डलामा ‘स्वर्णदेश’
थापागाउँस्थित मण्डला थिएटरमा साउन ९ देखि नाटक ‘‘स्वर्णदेश– द ड्रिमल्यान्ड अफ मिल्क एन्ड ग्रेभ्स’ मञ्चन भइरहेको छ। नाटक रंगकर्मी आकाश नेपालीको डेब्यु निर्देशनमा बनेको छ। नाटकको कथा सरिता कठायतले लेखेकी हुन्। साउन २५ सम्म मञ्चन हुने नाटक अवैध बाटो हुँदै अमेरिका जाने युवाको आधारित छ। नाटकमा सुजन खतिवडा, सुज्यान सिलवाल, सन्तोष गिरी, भूपी लुहार, जर्निको ‘निफ’ कल्मर, सन्देश कार्की, परितोषिका पन्त, उज्वल बान्तवा राई, चिराढ पनेरु, आरती गौतम, अनिल कुर्मी र आदित्य मिश्रको अभिनय छ। सोमबारबाहेक साताको प्रत्येक दिन ६ः४५ बजे मञ्चन हुने नाटक शनिबार दिउँसो ३ः३० बजेको अतिरिक्त सो हुनेछ।

कान्तिपुर थिएटरमा ‘शिरीषको फूल’
गैरीधारास्थित कान्तिपुर थिएटरमा साउन ८ देखि नाटक ‘शिरीषको फूल’ मञ्चन भइरहेको छ। नाटकका निर्देशक पत्रिका घिमिरे हुन्। कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति रहेको नाटक साहित्यकार पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’ मा आधारित छ। नाटकमा फिल्मका कलाकार जीवन लुइँटेल, सनिशा भट्टराई र राज न्यौपानेको अभिनय छ। जीवन सुयोगवीर बनेका छन् भने सनिशा सकम्बरी। त्यस्तै राज शिवराजको भूमिकामा देखिएका छन्। साउन २७ सम्म नाटक हरेक साँझ ५ः३० बजे मञ्चन हुनेछ।

कौसी थिएटरमा ‘कागताली’
टेकुस्थित कौसी थिएटरमा नाटक ‘कागताली’यही साउन ७ देखि मञ्चन भइरहेको छ। नाटकका लेखक तथा निर्देशक नवीन चन्द्र अर्याल हुन्। नाटकले एउटा परिवारमा भएको मृत्युको रहस्यात्मक घटनाक्रमलाई देखाएको छ। साउन ३१ सम्म मञ्चन हुने नाटकमा बास्ना तिमिल्सिना, रूपेश लामा, सविन भट्टराई, सुजन पौडेल, जीवन दाहाल, अमृत कौचा, सुष्मा निरौला, दीपेन्द्र शाही, युबिना भट्टराई र आकृति बुढाथोकीले अभिनय गरेका छन्। नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० मा मञ्चन भइरहेको छ शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ।

मण्डलामा ‘चन्द्रलाई कसले मार्‍याे’
नाटक ‘चन्द्रलाई कसले मार्‍याे’ असार २५ देखि मण्डला थिएटरमा मञ्चन भइरहेको छ। नाटक लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिसहरूले पहिचानको लागि परिवार, समाज र साथीभाईसँग गर्नु परिरहेको संघर्षको कथामा आधारित छ। नाटकका परिकल्पनाकार, लेखक र निर्देशक सन्दिप श्रेष्ठ हुन्। उनी नै नाटकको भुख्य भूमिकामा छन्। अन्य कलाकारमा सीतादेवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, भावना उप्रेती, पृतिशा अधिकारी र किरण चापागाईंले अभिनय गरेका छन्। यही १८ साउनसम्म सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे मञ्चन हुनेछ।

हलमा कुन कुन फिल्म?

रियल रिङ्गेट
फिल्म ‘रियल रिङ्गेट’ साउन १६ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मको कथा वैदेशिक रोजगारीको लागि खाडी मुलुक जाने युवाको कथामा आधारित छ। विभोर पोखरेलले निर्देशन गरेको फिल्ममा प्रमोद चौलागाईं, नीता ढुंगाना, रियर राई, रवीन्द्र खड्का, रोशन श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन्।

उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको ४ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमा, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, सिटी सिनेमाज, विश्वज्योति हल, सिके सिनेमाजमा फिल्म चलिरहेको छ।

सन अफ सरदार २
बलिउड फिल्म ‘सन अफ सरदार २’ साउन १६ देखि हलमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्ममा अजय देवगण, म्रुनाल ठाकुर, कुब्ब्रा सैत। रवि किशन, सञ्जय मिश्रालगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक विजय कुमार अरोरा हुन्।

उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुरमा फिल्मको २२ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमा, बिग मुभिज, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाज, सिटी सिनेमाज, विश्वज्योति हलमा फिल्म प्रदर्शनरत छ।

धडक २
रोमान्टिक ड्रामा र थ्रिलर जनरामा बनेको बलिउड फिल्म ‘धडक २’ साउन १६ देखि नेपालमा प्रदर्श भइरहेको छ। प्रेम कथामा आधारित फिल्मका निर्देशक साजिया इकबाल हुन्। फिल्ममा सिद्दान्त चतुर्वेदी, तृप्ति डिमरी, विपिन शर्मालगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स र सिभिल मलमा फिल्मको १७ सो छ।आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमा, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, विश्वज्योति हल, सिके सिनेमाजमा फिल्म चलिरहेको छ।

साम्राज्य
बलिउड फिल्म ‘साम्राज्य’ साउन १५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म एक्सन ड्रामा र थ्रिलर जनरामा बनेको छ। गौतम तिन्नानुरीले निर्देशन गरेको फिल्ममा विजय देवेराकोंडा, सत्यदेव, भाग्यश्री बोर्सेलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मल, लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुरमा फिल्मको ११ सो छ।  आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमा, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाज, सिटी सिनेमाज, सिटी सिनेमाज र विश्वज्योति हलमा फिल्म चलिरहेको छ।

महावतार नरसिंहा
बलिउड फिल्म ‘महावतार नरसिंहा’ साउन ९ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक अश्विन कुमार हुन्।

उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, सिटी स्क्वायर मलमा फिल्मको ८ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमा, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।

द फ्यान्टास्टिक फोरः फस्ट स्टेप्स
हलिउड फिल्म ‘द फ्यान्टास्टिक फोरः फस्ट स्टेप्स’ साउन ९ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभाञ्चर जनरामा बनेको फिल्मका निर्देशक म्याट शाकम्यान हुन्। फिल्ममा पेड्रो पास्कल, भेनेसा किर्बि, जोसेफ क्विनलगायत छन्।

क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको लबिम र छाया सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमा, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

सैयारा
बलिउड फिल्म ‘सैयारा’ साउन २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। प्रेम कथामा आधारित फिल्म ड्रामा र रोमान्टिक जनरामा बनेको छ। फिल्मका निर्देशक कोहित पुरी हुन्। फिल्ममा आहान पाण्डे, अनिता पड्डा मुख्य भूमिकामा छन्।

शनिबार क्युएफएक्स सिनेमाजअन्तर्गत उपत्यकाको राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल र दरबार सिनेम्याक्समा फिल्मको ३० सो छ।
आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज र विश्वज्योति हल र सिके सिनेमाजमा बलिउड फिल्म ‘सैयारा’ प्रदर्शनरत छ।

सुपरम्यान
हलिउड फिल्म ‘सुपरम्यान’ यही असार २७ देखि नेपालमा प्रर्दशन भइरहेको छ। एक्सन एडभेञ्चर र फेस्टासी जनरामा बनेको फिल्मका निर्देशक जेम्स गन हुन्। फिल्ममा डेभिड कोरेनस्वेट, राहेल ब्रोस्नाहान, इसाबेला मर्सिङ, नाथन फिलियन, एलन टुडिकलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको वान सिनेमाज अन्तर्गत आइप्लेक्स मलमा फिल्मको सो छ।

प्रकाशित: १७ साउन २०८२ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast