‘परालको आगो’ मा भित्रिए सौगात, बाहिरिए जितु

हिमाल प्रेस १६ साउन २०८२ १०:४७
18
SHARES
‘परालको आगो’ मा भित्रिए सौगात, बाहिरिए जितु

काठमाडौँ- कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन्।

निर्माण टिमकाअनुसार सौगात फिल्ममा मुख्य पात्र ‘जुठे धमाई’ को भूमिकामा देखिनेछन्। सौगात भित्रिएसँगै फिल्म ‘परालको आगो’ को मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ। फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठको अभिनय रहनेछ।

योसँगै यसअघि भित्रिएका जितु नेपाल बाहिरिएका छन्। फिल्मको सुटिङ समय हेरफेर भइरहेपछि आफूले समय दिन नभ्याउँने भन्दै सम्झौंता रद्द गरेको जितुले बताएका छन्।

सुशील पोखरेलको लगानीमा बन्ने फिल्म सामाजिक कथामा आधारित हुनेछ। फिल्मका निर्देशक लक्ष्मण सुनारले हुन्।

आगामी भदौ अन्तिम सातादेखि म्याग्दीबाट फिल्मको छायांकन सुरू गर्ने टिमको तयारी छ। फिल्म संकल्प भुजेलले छायांकन गर्नेछन्।

मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए। निर्माण टिमले मैनाली कथा पुरस्कार ट्रस्टको अनुमति लिएर पुनः फिल्म बनाउन लागेका छन्।

प्रकाशित: १६ साउन २०८२ १०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast