कालीमाटीमा आज स्याउ प्रतिकिलो कति रुपैयाँ?

हिमाल प्रेस १६ साउन २०८२ ९:१४
14
SHARES
कालीमाटीमा आज स्याउ प्रतिकिलो कति रुपैयाँ?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि थोक मूल्य सार्वजनिक गर्दा उच्च मूल्यका फलफूलमा स्याउ, अनार, सुन्तला र आभोकाडो परेका छन्।

समितिका अनुसार फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, झोले स्याउ २५० रुपैयाँ, अनार ३६० रुपैयाँ, आभोकाडो ६५० रुपैयाँ मा व्यापार भइरहेको छ।

दर्जनको आधारमा केरा १४० रुपैयाँ, माल्दह, दशहरी र चोसा जातका आँपहरू क्रमशः १८५, १८५ र १५० रुपैयाँ प्रतिकिलो मूल्यमा पुगेका छन्।

नास्पाती (चाइनिज) २५० रुपैयाँ प्रतिकिलोमा छ भने लोकल नास्पाती ६५ रुपैयाँ मा उपलब्ध छ। कागती १५०, जुनार २५०, मौसम १६०, मेवा १००, अम्बा २५०, तरबुजा ८०, लप्सी ५० र भुइँकटहर १६० रुपैयाँ प्रतिगोटा मूल्यमा रहेको समितिले जनाएको छ।

प्रकाशित: १६ साउन २०८२ ९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast