‘गुण्डा नाइके’ चक्रे मिलनसहित ४७ जना पक्राउ

हिमाल प्रेस १६ साउन २०८२ ८:५७
94
SHARES
‘गुण्डा नाइके’ चक्रे मिलनसहित ४७ जना पक्राउ

काठमाडौँ- ‘गुण्डा नाइके’ का रूपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई नेपाल प्रहरीले गएराति काठमाडौँको बाँसबारीस्थित होटल साम्बालाबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले आपराधिक गतिविधिमा संलग्न आरोपमा उनलाई उनकै जन्मदिनको पार्टीमा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ताले शुक्रबार बिहान हिमालप्रेसलाई दिएको जानकारीअनुसार चक्रे मिलनसहित ४७ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार जन्मदिन मनाउने भन्दै दुई दिनदेखि विभिन्न स्थानमा उनका समर्थकहरूको गतिविधि तीव्र थियो। बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा सहयोग माग्दै बसेकाहरूलाई पैसा बाँड्दै हिँडेका थिए। त्यसपछि ठमेलमा चर्चित र्‍यापरहरूसँग देखिएका थिए।

राति उनी होटल साम्बालामा आयोजित पार्टीमा सहभागी थिए जहाँ २० वटासम्म केक काटिएको बताइएको छ। गाडीहरूको लावालस्करसहित स्कर्टिङ गर्दै महाराजगञ्जसम्म पुगेको उनको समूहको गतिविधिले प्रहरीको ध्यान तानेको थियो।

सार्वजनिक स्थानमा हल्ला, होहल्ला गरेको सूचना पाएपछि काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको निर्देशनमा अपरेशन चलाइएको थियो। प्रहरीले अपराधिक पृष्ठभूमि भएका ४७ जनालाई नियन्त्रणमा लिएको थियो जसमा ४७ जनाको पुष्टि भएको हो।

हाल उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारबाहीको तयारी भइरहेको छ।

प्रकाशित: १६ साउन २०८२ ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast