सुख्खाग्रस्त मधेश प्रदेशमा आज राति वर्षाको सम्भावना

हिमाल प्रेस १६ साउन २०८२ ६:५५
12
SHARES
सुख्खाग्रस्त मधेश प्रदेशमा आज राति वर्षाको सम्भावना

काठमाडौँ- सुख्खाको मार खेपिरहेको मधेश प्रदेशमा आज राति वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार मधेशसहित कोशी, बागमती, गण्डकी र अन्य पहाडी तथा तराई क्षेत्रका विभिन्न स्थानहरूमा आज राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

विशेष गरी बागमती प्रदेशका पहाडी भूभागहरूमा भारी वर्षाको चेतावनी दिइएको छ। महाशाखाले देशभर आज सामान्यतया बदली हुने जनाएको छ भने दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा र केही तराई भेगमा पनि वर्षा हुने उल्लेख गरेको छ।

वर्षाको सम्भावनाले लगातार सुख्खा झेल्दै आएको मधेश प्रदेशका कृषकहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ। तर, मौसमविद्हरूले संभावित वर्षाबाट उत्पन्न हुन सक्ने भूक्षय, बाढी, डुबान लगायतका जोखिमप्रति पनि सचेत रहन आग्रह गरेका छन्।

तराई र सहरी क्षेत्रहरूमा अत्यधिक पानी परेमा स्थानीय बस्ती, सडक, तथा खेतबारीहरू डुबानमा पर्न सक्ने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ। साना तथा ठूला नदीनालामा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहने भएकाले नागरिकहरूलाई सतर्क रहन भनिएको छ।

वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ। सबै सरोकारवाला निकाय, सुरक्षाकर्मी, स्थानीय प्रशासन र नागरिकहरूलाई समयमै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: १६ साउन २०८२ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast