युरोको मूल्य १६० रुपैयाँ

हिमाल प्रेस १६ साउन २०८२ ६:४३
10
SHARES
युरोको मूल्य १६० रुपैयाँ

काठमाडौँ- युरोपियन युरोको विनिमयदर आज १६० रुपैयाँभन्दा माथि पुगेको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको अनुसार एक युरोको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा छ।

युरो जोनको मौद्रिक नीतिमा आएको परिवर्तन र युरोपको आर्थिक स्थायित्वसँगै युरोको माग विश्व बजारमा उच्च देखिएको छ। सोही प्रभावले नेपाली बजारमा पनि यसको मूल्य बढेको विश्लेषण अर्थविद्को छ।

यात्रा, व्यापार र अध्ययनका लागि युरो खरिद गर्ने नेपाली उपभोक्ताका लागि यो दर केही महँगो हुनसक्ने बताइएको छ।

प्रकाशित: १६ साउन २०८२ ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast