यस्तो छ पेट्रोल, डिजल र मट्टितेलको नयाँ मूल्य

हिमाल प्रेस १६ साउन २०८२ ६:२७
36
SHARES
यस्तो छ पेट्रोल, डिजल र मट्टितेलको नयाँ मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ।

यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर दुईले बढाइएको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर एक सय २८ रुपैयाँ तय गरिएको निगमले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ। नयाँ मूल्यसूची  लागू भइसकेको छ।

प्रकाशित: १६ साउन २०८२ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast