एनपीएलको आयव्यय : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा

हिमाल प्रेस १६ साउन २०८२ ६:०७
10
SHARES
एनपीएलको आयव्यय : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आयव्यय विवरण सार्वजनिक गरेको छ।

मूलपानीमा बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ रहेको सार्वजनिक गरेको हो।

प्रतियोगितामा कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ रहेको छ। आयव्ययपछि कुल ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ नाफा देखिएको छ।

त्यसमा ८ फ्रेञ्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँट गरिएको छ जसको रकम ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ रहेको छ।

बाँडफाँटपछि क्यानको नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

प्रकाशित: १६ साउन २०८२ ६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast