६ वर्षपछि फिल्ममा फर्किइन् निरुता सिंह

हिमाल प्रेस २ भदौ २०८२ १३:४२ | Monday, August 18, 2025
६ वर्षपछि फिल्ममा फर्किइन् निरुता सिंह

काठमाडौँ- अभिनेत्री निरुता सिंह करिब ६ वर्षपछि फिल्ममा फर्किएकी छन्। उनी ‘३६ को आँकडा’ मार्फत अभिनयमा फर्केकी हुन्।

यसअघि उनले ‘दाल भारत तरकारी’मा खेलेकी थिइन्। फिल्म छायांकनको लागि यतिबेला निरुता काठमाडौँ आएकी छिन्। उनी भारतको मुम्बईमा बस्दै आएकी थिइन्।

काठमाडौँ आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै निरुताले अब निरन्तर फिल्ममा काम गर्ने बताएकी छन्। व्यक्तिगत कारणले अफर आएको फिल्ममा पनि काम गर्न नसकेको उनले सुनाइन्। उनले भनिन्, ‘३६ को आँकडा’मा साइत जुर्‍यो। अब निरन्तर काम गर्छु।’

फिल्ममा निरुताको भूमिकाबारे निर्माण पक्षले खुलाएको छैन। टिमकाअनुसार फिल्मले एकअर्काप्रति डाह गर्ने दिदीबहिनीको सम्बन्धको कथा भन्नेछ। कथा बाबुराम निरौला र शिवम् अधिकारीले लेखेका हुन्।

सविर श्रेष्ठको निर्देशनमा बन्ने फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्कालगायत कलाकारको अभिनय रहनेछ।

प्रकाशित: २ भदौ २०८२ १३:४२ | Monday, August 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast