५५ आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ : स्वास्थ्यमन्त्री

हिमाल प्रेस २८ साउन २०८२ १७:२९ | Wednesday, August 13, 2025
५५ आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका अन्य अस्पतालहरू पनि सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाइएको जानकारी दिए। यी आधारभूत अस्पतालहरूमा चिकित्सक र उपकरण पुर्‍याउने तयारी भइरहेको उनको भनाइ छ।

बैठकको प्रश्नोत्तर कार्यक्रममा उनले मन्त्रालयबाट प्रतिबद्धता गरिएका दायित्वहरू प्रक्रियागत ढंगबाट समयमा सम्पन्न गरिएको दाबी गरे।

प्रकाशित: २८ साउन २०८२ १७:२९ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast