धरौटीमा रिहा भएपछि प्रसाई। 
                                            काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन् । सोमबार उच्च अदालत पाटनको माग बमोजिम दुई मुद्दामा २८ लाख धरौटी रकम बुझाउँदै उनी रिहा भएका हुन् ।
सोमबार उच्च अदालत पाटनले प्रसाईलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईलाई तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
                            प्रकाशित: २० साउन  २०८२ ६:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

