१७ खर्ब २३ अर्ब रुपैयाँ भित्रियो विप्रेषण

हिमाल प्रेस ८ भदौ २०८२ १५:१२ | Sunday, August 24, 2025
2
SHARE
१७ खर्ब २३ अर्ब रुपैयाँ भित्रियो विप्रेषण

काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ। यो अघिल्लो आर्थिक वर्षको भन्दा १९.२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो।

२०८२ असारको विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ छ। आव २०८०/८१ को सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ थियो।

समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो। खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ थियो। समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या पाँच लाख पाँच हजार ९५७ छ। यसैगरी तीन लाख ३३ हजार ३०९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

प्रकाशित: ८ भदौ २०८२ १५:१२ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast