हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

हिमाल प्रेस ३ भदौ २०८२ १३:१० | Tuesday, August 19, 2025
हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौँ- हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ।

काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले टाँचा लगाए।

सरदार पाँडे देशभक्त काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तती हुन्। पाँडे भारतदेखि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपालीसमेत थिए।

प्रशासन, कुटनीतिक, लेखनलगायत समाजसेवामा पाँडेले गरेको योगदानको सम्मान स्वरुप हुलाक टिकट प्रकाशन गरिएको मन्त्री गुरुङले बताए।

यसले अग्रजको आदर गर्ने र युवा पुस्तालाई प्रेरणासमेत मिल्ने उनको भनाइ छ।

प्रकाशित: ३ भदौ २०८२ १३:१० | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast