 
                             
                                            काठमाडौँ- टेलिभिजन रियालिटी सो ‘हिमालय रोडिज’ सातौं सिजनको प्रोमो सार्वजनिक भएको छ। हिमालय रोडिजको अफिसियल युट्युब च्यानलबाट एक मिनेट ३ सेकेन्डको प्रोमो सार्वजनिक गरिएको हो।
‘हेल मिट्स हेभन’ थिम राखिएको प्रोमोमा चार जना ग्याङ लिडर (निर्णायक) र केही टास्कहरू देखाइएको छ। सातौं सिजनको निर्णायकमा अनुपविक्रम शाही, प्रियंका कार्की, आशिष राना (लाहुरे) र कविता नेपाली छन्। सो रेमनदास श्रेष्ठले सञ्चालन गर्नेछन्।
सो यही भदौ १६ देखि प्रसारण हुनेछ। सो साताको सोमबार राती ९ बजे हिमालय टिभीमा प्रसारण हुनेछ।
                            प्रकाशित: ९ भदौ  २०८२ १५:१२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 