हाम्रो बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरे उत्कृष्ट व्यवस्थापक

हिमाल प्रेस ३१ साउन २०८२ २१:२८ | Saturday, August 16, 2025
हाम्रो बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरे उत्कृष्ट व्यवस्थापक

काठमाडौँ- ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेलाई उत्कृष्ट व्यवस्थापकका रूपमा पुरस्कृत भएका छन्।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) ले ३८औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा घिमिरेलाई बागमती प्रदेशकै उत्कृष्ट व्यवस्थापक घोषणा गरी पुरस्कृत गरेको हो।

घिमिरेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए। पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।

घिमिरे विगत २७ वर्षदेखि सहकारी क्षेत्रमा कार्यरत छन्। एक अर्ब ७७ करोड सम्पत्ति रहेको हाम्रो साकोसको व्यवस्थापकीय बागडोर घिमिरेले सम्हाल्दै आएका छन्। संस्थामा करिब ७ हजार सदस्य आबद्ध छन्।

प्रकाशित: ३१ साउन २०८२ २१:२८ | Saturday, August 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast