हतियारसहित दुई जना पक्राउ

हिमाल प्रेस १२ भदौ २०८२ २१:३३ | Thursday, August 28, 2025
हतियारसहित दुई जना पक्राउ

काठमाडौँ- प्रहरीले सर्लाहीबाट दुई जनालाई हतियारसहित पक्राउ गरेको छ। रामनगर गाउँपालिका–७ सिसौट बस्ने २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ बस्ने १८ वर्षीय श्याम महरालाई प्रहरीले पक्राउ गरेको हो।

बीआर ०६ डीएम ९५२३ भारतीय नम्बरको मोटरसाइकल चढेर भारतको सोनवर्षाबाट मलंगवातर्फ आउँदै गरेका किशनसँग गोप्य सूचनाको आधारमा प्रहरीले हतियारबारे सोधखोज गरेको थियो।

किशनले आफूले बोक्ने गरेको हतियार श्यामलाई राख्न दिएको बताएको प्रहरीले जनाएको छ। श्यामको घरमा पुगेर सोधपुछ गर्दा उनले बागमती नदीको बगरमा लुकाएर हतियार राखेको बताएका थिए।

किशनले दिएको बयानका आधारमा बागमती नदीको बगरबाट कटुवा पेस्तोल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाही जिल्ला अदालतबाट दस दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १२ भदौ २०८२ २१:३३ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast