हज कमिटी अध्यक्ष हुँदा राजीनामा दिएका मियालाई रास्वपाले फर्कायो पुरानै जिम्मेवारीमा

हिमाल प्रेस २३ साउन २०८२ १७:३८ | Friday, August 8, 2025
हज कमिटी अध्यक्ष हुँदा राजीनामा दिएका मियालाई रास्वपाले फर्कायो पुरानै जिम्मेवारीमा

काठमाडौँ- राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संस्थापक केन्द्रीय सदस्य ईश्रा मुल्ला मियालाई पुन: केन्द्रीय सदस्यकै जिम्मेवारी दिइएको छ। आज (शुक्रबार) केन्द्रीय समितिको बैठकले उनलाई पुन: पुरानै जिम्मेवारीमा फर्काएको हो।

मियाले हज कमिटीको अध्यक्षमा नियुक्त हुँदा पदबाट राजीनामा दिएका थिए।

यस्तै बैठकले पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्यामबाबु गौतम (काठमाडौँ) लाई मनोनयन गर्ने र केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटा (नवलपुर)लाई मनोनयन गर्ने निर्णय भएको छ। यसरी नै श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठ (नवलपुर) लाई मनोनयन गरेको छ।

प्रकाशित: २३ साउन २०८२ १७:३८ | Friday, August 8, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast