स्वेदश फर्किए प्रधानसेनापति

हिमाल प्रेस १४ भदौ २०८२ ८:०४ | Saturday, August 30, 2025
स्वेदश फर्किए प्रधानसेनापति

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देल यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई स्वदेश फर्किएका छन्।

प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्किएका जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

उनलाई बलाधिकृत रथी निर्मलकुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

प्रकाशित: १४ भदौ २०८२ ८:०४ | Saturday, August 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast