 प्रतीकात्मक तस्बिर।
                             प्रतीकात्मक तस्बिर।
                                            चितवन– स्क्रब टाइफसबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन्। उनी छारे रोगबाट पनि पीडित थिइन्।
यसैबीच, चितवनस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ।
चितवनका ५८ जना यो रोगबाट पीडित छन्। एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा संंक्रमण पुष्टि भएको हो।
                            प्रकाशित: ७ भदौ  २०८२ १४:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 