सुन प्रतितोला १,३०० रुपैयाँ सस्तो

हिमाल प्रेस २७ साउन २०८२ ११:५६ | Tuesday, August 12, 2025
सुन प्रतितोला १,३०० रुपैयाँ सस्तो

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। गत आइतबारदेखि घटेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो। सोमबार प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार तीन सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ९८ हजार एक सय पैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार तीन सय पाँच रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।

प्रकाशित: २७ साउन २०८२ ११:५६ | Tuesday, August 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast