‘सुख दुःख’ मा मदनकृष्ण श्रेष्ठ अनुबन्धित

हिमाल प्रेस १६ साउन २०८२ १७:५५ | Friday, August 1, 2025
‘सुख दुःख’ मा मदनकृष्ण श्रेष्ठ अनुबन्धित

काठमाडौँ- अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्ने फिल्म ‘सुख दुःख’ मा मदनकृष्ण श्रेष्ठ अनुबन्धित भएका छन्। निर्माण पक्षले उनलाई शुक्रबार फिल्ममा अनुबन्ध गरेका हुन्।

आफूलाई फिल्मको कथा मन परेकोले अभिनय गर्न राजी भएको वरिष्ठ कलाकार श्रेष्ठले बताए। मदनकृष्णलाई फिल्ममा अनुबन्ध गरेपछि निर्देशक नीता निकै उत्साहित छिन्।

उनले भनिन्, ‘फिल्मको स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो। स्क्रिप्ट उहाँले मन पराएपछि अभिनयका लागि उत्साहित देखिनुभयो।’

यसअघि फिल्ममा महिला कलाकार मिथिला शर्मा जोडिएकी छन्। अन्य कलाकार छनोट कार्य भइरहेको निर्देशक नीताले बताइन्। फिल्म भारतीय छायाकार कवीरलाल र शाहिदलालले छायांकन गर्नेछन्। फिल्म व्यवस्थापकमा शंकर पाण्डे रहनेछन्। ‘नीता फिल्म्स’को ब्यानरमा बन्नेछ।

प्रकाशित: १६ साउन २०८२ १७:५५ | Friday, August 1, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast