सुक्खा र मल अभावले पर्साका किसान संकटमा

हिमाल प्रेस २७ साउन २०८२ १३:५० | Tuesday, August 12, 2025
सुक्खा र मल अभावले पर्साका किसान संकटमा

पर्सा- जिराभवानी गाउँपालिका–५ का अलखदेवप्रसाद थारूसहित किसानहरू सुक्खा र मल अभावको दोहोरो मारमा परेका छन्। खडेरीपछि हाल युरिया मल छर्ने समय भए पनि आवश्यक मल पाउन किसानलाई मुस्किल परेको छ।

उनले भने, ‘एक त खडेरी लागेर यहाँको धानको रोपो जोगाउनै मुस्किल भयो। अहिले भने धानमा हाल्नुपर्ने मलको भने चर्को अभाव छ।’

कृषि ज्ञान केन्द्रका अनुसार पर्सामा मलको मागको ६० प्रतिशत मात्र आपूर्ति हुन्छ। सरकारी मापदण्डभन्दा दोब्बर मल प्रयोग गर्ने प्रवृत्तिले पनि अभाव चर्काएको छ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले आव २०८१/८२ मा पर्सामा करिब १० हजार मेट्रिक टन मल वितरण गरे पनि माग धान्न सकेका छैनन्। उखु, सुर्ती र माछापालनमा पनि युरिया प्रयोग हुने भएकाले दबाब थपिएको छ।

जिल्ला प्रशासन कार्यालयले सहकारी र डिलरमार्फत वितरणमा अनियमितता भएको गुनासो आएपछि पारदर्शिता र व्यवस्थित वितरण प्रणाली बनाउन निर्देशन दिएको छ।

 

प्रकाशित: २७ साउन २०८२ १३:५० | Tuesday, August 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast