सुकुम्बासी र नगर प्रहरीबीच झडप

हिमाल प्रेस ३० साउन २०८२ १५:४३ | Friday, August 15, 2025
सुकुम्बासी र नगर प्रहरीबीच झडप

काठमाडौँ-  काठमाडौँ  महानगरपालिकाले मनोहरा किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ। डोजरसहित पुगेको नगर प्रहरीले शुक्रबार मनोहरा किनारमा रहेका अनाधीकृत बस्ती भत्काएको हो।

सुकुम्बासी बस्ती भत्काउन खोज्दा सुकुम्बासीले नगर प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। सो क्रममा सुकुम्बासी र नगर प्रहरीबीच केहीबेर झडप भएको थियो। स्थिति नियन्त्रणमा लिएपछि नगर प्रहरीले घरटहराभित्र रहेका सामानहरुलाई बाहिर निकालेर भत्काएको थियो।

मनोहरा किनारमा बनेका संरचना हटाउन सात दिने सूचना निकाल्दासमेत संरचना नहटाएपछि डोजर लगाउनुपरेको काठमाडौँ महानगरले जनाएको छ।

मनोहरा जग्गा एकीकरण आयोजनाका कानुन अधिकृत मनोज भेटुवालले महानगरपालिकाले वडा ३२ बस्तीमा डोजर चलाइएको जानकारी दिए। उनले भने, ‘साउन ८ गते नै व्यक्तिगत टहरामा बनेका संरचना हटाउन भनेर गोरखापत्रमा सूचना निकालेका थियौँ। अटेर गरेपछि डोजर लगाएर हटाउन बाध्य भएका हौँ।’

प्रकाशित: ३० साउन २०८२ १५:४३ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast