सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरको डोजर

हिमाल प्रेस ३० साउन २०८२ १२:२७ | Friday, August 15, 2025
सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरको डोजर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले काठमाडौँको मनोहरास्थित सुकुम्बासी बस्तीमा डोजर चलाएको छ। महानगर प्रहरी टोलीले बस्तीमा डोजर चलाएको हो। अव्यवस्थित बस्ती हटाउन डोजर चलाइएको महानगरपालिकाका अधिकारीहरूले बताएका छन्।

मनोहरा जग्गा एकीकरण आयोजनाका कानुन अधिकृत मनोज भेटुवालले महानगरपालिकाले वडा ३२ बस्तीमा डोजर  चलाइएको जानकारी दिए। उनले भने, ‘साउन ८ गते नै व्यक्तिगत टहरामा बनेका संरचना हटाउन भनेर गोरखापत्रमा सूचना निकालेका थियौँ।  अटेर गरेपछि डोजर लगाएर हटाउन बाध्य भएका हौँ।’

उनले विगत तीन महिनायता बनेका संरचना मात्रै भत्काइएको बताए। उनका अनुसार व्यक्तिगत जग्गामा सुकुम्बासीले बनाएका संरचना हटाइएको हो।

प्रकाशित: ३० साउन २०८२ १२:२७ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast