सिँचाइ अभाव र बाँदरका कारण भोजपुरका किसान ड्रागनखेतीमा आकर्षित

हिमाल प्रेस १२ भदौ २०८२ १६:४७ | Thursday, August 28, 2025
सिँचाइ अभाव र बाँदरका कारण भोजपुरका किसान ड्रागनखेतीमा आकर्षित

टक्सार- सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि भोजपुरका किसान ड्रागनखेतीतर्फ आकर्षित भएका छन्। टेम्केमैयुङ गाउँपालिका-८ गोगने सल्लेनीमा ४२ रोपनीमा गरिएको ड्रागन फुड खेतीबाट किसान शम्भु नेपालले आम्दानी गर्दै आएका छन्।

वर्षौंदेखि बाझिएको जमिनमा दानाबोट फलफूल तथा कृषि फार्म दर्ता गरी कृषि कर्म सुरु गरेका किसान नेपालले वार्षिक १२ देखि १४ लाखसम्म आम्दानी हुने बताए। बिरुवा रोपेको दुई वर्षमा प्रतिफल पाइन्छ। बजार व्यवस्थापन भने सहज नभएको उनको गुनासो छ।

बाँदरले बाली भित्र्याउन नदिएपछि खेतीयोग्य जमिन बाँझिदै गएको किसान हरि गौतमले बताए। ‘त्यसैले बाँदरले नखाने ड्रागनफ्रुट, कागती, टिम्मुर र मेकाडियानट जस्ता फलफूल तथा नगदेबालीतर्फ जिल्लामा आकर्षण बढ्दै गएको छ,’ उनले भने।

आफ्नै जमिनमा व्यावसायिक खेती गर्न सके वैदेशिक रोजगारीमा कमाइने रकम यही कमाउन सकिने उनको धारणा छ। बाँझो जमिन सदुपयोग गर्न स्थानीय, प्रदेश र संघीय सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने गौतम बताउँछन्। रासस

प्रकाशित: १२ भदौ २०८२ १६:४७ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast