साफ यू १७ महिला च्याम्पियनसिप : बंगलादेशविरुद्ध जित्नै पर्ने दबाबका बीच मैदान उत्रिदै नेपाली टिम

हिमाल प्रेस ११ भदौ २०८२ ७:२८ | Wednesday, August 27, 2025
साफ यू १७ महिला च्याम्पियनसिप : बंगलादेशविरुद्ध जित्नै पर्ने दबाबका बीच मैदान उत्रिदै नेपाली टिम

काठमाडौँ- भुटानमा जारी साफ यू १७ महिला च्याम्पियनसिप नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपालले आफ्नो चौथो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।

नेपालले तेस्रो खेल पनि बंगलादेशसँगै खेलेको थियो। आइतबार भएको खेलमा नेपाल ३-० गोलले पराजित भएको थियो। त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले पराजित गरेको थियो।

नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। आजको खेलमा पराजित भए नेपाल दुई खेल बाँकी छँदै उपाधि होडबाट बाहिरिनेछ। आजको खेलपछि बाँकी रहेका दुई खेलमा पनि नेपालले जित्नुपर्नेछ। आजको खेलपछि अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल्नेछ।

प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिएका छन्। चार टोलीबीच डबल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा अंक तालिकाको शीर्ष हुने टोलीले उपाधि जित्नेछ।

 

प्रकाशित: ११ भदौ २०८२ ७:२८ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast