काठमाडौँ- अस्ट्रेलिया भ्रमणमा रहेको नेपालले बिहीबारको दोस्रो अभ्यास टी २० खेलमा साउथ अस्ट्रेलिया (एसए)विरुद्ध बलिङको निम्तो पाएको छ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले टस हारेर बलिङको निम्तो पाएका हुन्। अहिले नेपालले बलिङ गरिरहेको छ। जारी अवस्थामा नेपालले २ ओभर सकिँदा २० रन बलिङ गरेको छ। यसअघि आजै भएको पहिलो खेलमा सोही टिमसँग नेपाल पराजित भएको थियो।
नेपालले दिएको १४७ रनको लक्ष्य अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो।
प्रकाशित: १२ भदौ २०८२ १०:२९ | Thursday, August 28, 2025
प्रतिक्रिया




