साउथ अस्ट्रेलियाले ४५ ओभरको खेलमा २४३ रनको लक्ष्य, सोमपाल र नन्दनको ३–३ विकेट

हिमाल प्रेस १४ भदौ २०८२ १०:४६ | Saturday, August 30, 2025
साउथ अस्ट्रेलियाले ४५ ओभरको खेलमा २४३ रनको लक्ष्य, सोमपाल र नन्दनको ३–३ विकेट

काठमाडौँ- अस्ट्रेलिया भ्रमणको पहिलो एकदिवसीय खेलमा नेपालले २४३ रनको लक्ष्य पाएको छ।

टस जितेर बलिङ गरेको नेपाली टोलीले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट बनाउन सफल भयो। नेपालका लागि फास्ट बलर सोमपाल कामी र नन्दन यादवले ३–३ विकेट लिए। सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले समान १-१ विकेट लिए। नेपालले आजको खेलमा ८ बलर प्रयोग गरेको थियो।

साउथ अस्ट्रेलियाका लागि ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए भने दुवित हूगानबोजमले ५३ रन बनाए । रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाए ।
खेलको दोस्रो इनिङ्स केहीबेरमा सुरु हुँदैछ।

प्रकाशित: १४ भदौ २०८२ १०:४६ | Saturday, August 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast