 कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया
                             कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया
                                            काठमाडौँ– कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले समाजमा नकारात्मक असर पार्ने कुनै प्रकारका विधेयक सदनमा प्रस्तुत नहुने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री चौरसियाले बहुविवाहका सन्दर्भमा भएका चर्चा र बहसप्रति मन्त्रालय गम्भीर रहेको भन्दै समाजमा नकारात्मक असर पार्ने कुनै प्रकारका विधेयक सदनमा प्रस्तुत नहुने बताएका हुन्।
सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायतका कुनै पनि विधेयकलाई अघि नबढाउने उनले प्रतिवद्धता जनाए।
मन्त्री चौरसियाले विभिन्न कानूनहरुलाई आवश्यक सुधारका लागि अहिले सुझावमात्रै संकलन गरेको जानकारी दिँदै मन्त्रिपरिषद्को विधेयक समितिले विस्तृत अध्ययनपछि मात्रै अघि बढाइने बताए।
बहुविवाहसम्बन्धी व्यवस्था, विवाहको उमेरसम्बन्धी, अग्रिम जमानतसम्बन्धी व्यवस्था र कैद जरिवानाको मुल्तबी/माफी परिर्वतन सम्बन्धी व्यवस्थाहरुमा थप छलफल गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 