संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न ऐनमै व्यवस्था

हिमाल प्रेस ३ भदौ २०८२ ११:०८ | Tuesday, August 19, 2025
संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न ऐनमै व्यवस्था

काठमाडौँ- संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने व्यवस्था विद्यालय शिक्षा विधेयक, २०८० को प्रतिवेदनमा गरिएको छ।

सोमबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सचिवालयले समितिलाई हस्तान्तरण गरेको विधेयकको प्रतिवेदनमा सो व्यवस्था उल्लेख गरिएको छ।

४२ पृष्ठको प्रतिवेदनको पृष्ठ ३८ मा भनिएको छ,‘यो ऐन प्रारम्भ भएपछि निजी लगानीका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई त्यस्तो विद्यालयले सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेछ।’

संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको हकहितमा आवाज उठाउँदै आएको संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) ले सामाजिक सुरक्षा कोष र नियुक्ति पत्रको माग गर्दै आएको थियो।

प्रकाशित: ३ भदौ २०८२ ११:०८ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast