श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमसिंघे पक्राउ

हिमाल प्रेस ६ भदौ २०८२ १७:३२ | Friday, August 22, 2025
श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमसिंघे पक्राउ फाइल तस्बिर

काठमाडौँ- श्रीलंकाका पूर्वराष्ट्रपति रानिल विक्रमसिंघे प्रक्राउ परेका छन्। सरकारी रकम दुरूपयोग गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि लागेको यो आरोप राष्ट्रपति पदमा रहँदै गरेको उनको विदेश भ्रमणसँग सम्बन्धित रहेको छ।

सन् २०२३ मा न्युयोर्कमा भएको संयुक्त राष्ट्र संघको महासभाबाट फर्कँदा उनी आफ्नी पत्नीका साथ निजी कामका लागि बेलायतमा केही दिन सरकारी खर्चमा बसेको आरोप लागेको छ।

यसअघि उनले क्रिमिनल इन्भेस्टिगेसन विभाग (सीआईडी) लाई बयान दिइसकेका छन्।

विक्रमसिंघेले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् र बेलायतमा आफू विभिन्न बैठकहरूमा सहभागी भएको बताएका छन्।

विक्रमसिंघे सन् २०२२ देखि २०२४ सम्म श्रीलंकाका राष्ट्रपति थिए। उनी आर्थिक संकटका कारण देशभर प्रदर्शन भइरहेका बेला राष्ट्रपति बनेका थिए। त्यसबेला बहालवाला राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर भागेका थिए।

प्रकाशित: ६ भदौ २०८२ १७:३२ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast