शैक्षिक गुणस्तर सुधारका लागि मनोबल उच्च बनाउन प्रधानाध्यापकलाई मोटरसाइकल

हिमाल प्रेस ८ भदौ २०८२ १४:१४ | Sunday, August 24, 2025
शैक्षिक गुणस्तर सुधारका लागि मनोबल उच्च बनाउन प्रधानाध्यापकलाई मोटरसाइकल

बर्दिया- ठाकुरबाबा नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई मोटरसाइकल हस्तान्तरण गरेको छ। नगरपालिकाले पहिलो चरणमा ९ जना माध्यमिक विद्यालय (मावि)का प्रधानाध्यापकलाई मोटरसाइकल उपलब्ध गराएको हो।

नगरप्रमुख तिलकराम लम्सालले शिक्षकको मनोबल उच्च राख्न तथा थप जिम्मेवारी बोध गराउन मोटरसाइकल वितरण गरिएको बताए। उनका अनुसार दोस्रो चरणमा निम्न माध्यमिक (निमावि) र प्राथमिक (प्रावि) विद्यालयका प्रधानाध्यापकलाई पनि मोटरसाइकल प्रदान गरिनेछ।

यसअघि नगरपालिकाले शान्ति सुरक्षाको जिम्मेवारी निर्वाह गर्दै आएका प्रहरीलाई समेत ३ वटा मोटरसाइकल हस्तान्तरण गरिसकेको थियो।

शिक्षा क्षेत्रमा नवीन अभ्यासमार्फत फरक पहिचान बनाउन खोजेको ठाकुरबाबा नगरपालिकाले प्रधानाध्यापकलाई सरकारी मोटरसाइकल उपलब्ध गराएर उनीहरूलाई थप जवाफदेही र दक्ष बनाउने अपेक्षा लिएको छ।

नगरप्रमुख लम्सालले शिक्षकलाई प्रोत्साहन गर्न सकिए मात्र कक्षाकोठाको गुणस्तर सुधार हुने बताए।

प्रकाशित: ८ भदौ २०८२ १४:१४ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast